झापामा सवारी दुर्घटनामा एक जनाको मृत्यु, तीन जना घाइते

झापाको गौरादह नगरपालिका-२ मा मंगलबार सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

गौरादह-गौरीगन्ज सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको सिटी रिक्सालाई सोही दिशातर्फ जाँदै गरेको पिकअप गाडीले ठक्कर दिँदा दुर्घटना भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा घाइते भएका सिटी रिक्सा चालक स्थानीय ५२ वर्षीय रघुनाथ काफ्लेको उपचारको लागि अस्प्ताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

दुर्घटनामा परी घाइते भएका सिटी रिक्सामा सवार गौरादह-३ की ५५ वर्षीया रामा नेपाल र ४४ वर्षीया मेनुका भण्डारीको म्याडिम्याक्स अस्पताल गौरादहमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पिकअप चालक गौरीगन्ज-८ का २६ वर्षीय राजेश महतोको दमक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गौरदहले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर