फोटो प्रतियोगिता आयोजना गर्दै नेपाली सेना, प्रथमलाई ५० हजार रूपैयाँ पुरस्कार

नेपाली सेनाले सेनासँग सम्बन्धित विभिन्न विषयलाई लिएर फोटो प्रतियोगिता गर्ने भएको छ। विभिन्न क्याटेगोरीमा नेपाली सेनाले फोटो प्रतियोगिता-२०८० गर्न लागेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

सेनासँग सम्बन्धित तालिम, खेलकुद, समारोह, सैनिक कारबाहीका गतिविधि, नागरिक र सेना सहकार्य तथा अन्य विषयका फोटो प्रतियोगितामा सहभागी हुन सक्ने जनाइएको छ।

प्रतियोगितामा सहभागी पहिलो हुने फोटोलाई ५० हजार रूपैयाँ, दोस्रो हुनेलाई ३५ हजार रूपैयाँ, तेस्रो हुनेलाई २५ हजार रूपैयाँ र सान्त्वना हुनेलाई १० हजार रूपैयाँ पुरस्कार दिइने जंगी अड्डाले जनाएको छ।

प्रतियोगितामा सहभागी हुन यही मंसिर २१ गतेसम्म https://www.nepalarmy.mil.np/ मा फोटो पठाउनुपर्ने जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर