रिलिजअघि नै रणवीर कपूर स्टारर ‘एनिमल’ ले कमायो २० करोड

रणवीर कपूरको फिल्म ‘एनिमल’ हलमा प्रदर्शनको तयारीमा छ । यस फिल्ममा फ्यानहरूले रणवीर कपूरको फरक लुक हेर्न पाउनेछन् । रणवीर कपूर सन् २००७ मा ‘सावरिया’ को भूमिकाबाट बलिउडमा प्रवेश गरेका थिए ।

रणवीर कपूरले आफ्नो १६ वर्षको करियरमा कुल २० फिल्ममा काम गरेका छन् । रणवीर कपूरलाई ‘ब्रह्मास्त्र’ र ‘तु झुठी मैं मक्कर’ पछि व्यावसायिक रूपमा सफल अभिनेता मानिन्छ ।

उनको आगामी फिल्म ‘एनिमल’ बाट फ्यानहरूले धेरै अपेक्षा गरेका छन् र फिल्मको अग्रिम बुकिङलाई हेर्दा सन्दीप रेड्डी वांगाको यो फिल्म रणवीरको सबैभन्दा धेरै कमाउने फिल्म बन्ने आकलन गरिएको छ ।

भारतीय मिडियाहरूका अनुसार रिलिजअघि नै यस फिल्मको कमाइ २० करोड रूपैयाँ पुग्न लागेको छ । अग्रिम बुकिङबाट हालसम्म यस फिल्मले १९.७ करोड रूपैयाँ संकलन गरिसकेको छ ।

अपनिङका दिन यो फिल्मले आक्रामक कमाइ गर्ने अनुमान गरिएको छ । फिल्म डिसेम्बर १ मा रिलिज हुँदै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *