प्रधानमन्त्री दाहाल अबुधाबीस्थित नेपाली दूतावासमा

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप-२८ मा सहभागी हुन संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबुधाबीस्थित नेपाली राजदूतावासको निरीक्षण गरेका छन् ।

त्यस अवसरमा प्रधानमन्त्रीले युएईमा रहेका नेपालीको हितमा दूतावासले गरेका कामबारे जानकारी लिँदै सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन निर्देशन दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीलाई यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले स्वागत गर्नुका साथै दूतावासका गतिविधिबारे जानकारी दिएका थिए । कोप-२८ मा भाग लिन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल आज बिहान यूएई पुगेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर