इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० जनाको मृत्यु, १४ घाइते

इराकको पूर्वी दियाला प्रान्तमा स्थानीय सांसदका आफन्तहरूसहित उद्धारकर्ता सवार गाडीमा बम आक्रमण भएको छ ।

आक्रमणमा परी १० जनाको मृत्यु भएको छ । अन्य १४ जना घाइते भएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

अम्रानियाह सहर नजिकै भएको आक्रमणमा दुईवटा बम विस्फोट भएको थियो ।

बम बिस्फोट हुँदा सांसदका आफन्त सवार गाडी ध्वस्त हुनुका साथै अन्य भौतिक क्षतिसमेत भएको सुरक्षा निकायलाई उद्धृत गर्दै एजेन्सीले जनाएको छ ।

आक्रमणको सम्भावित कारणबारे थप विवरण दिइएको छैन ।

सुरक्षा बलहरूले उक्त क्षेत्रमा कर्फ्यु लगाइएको घोषणा गरेर घटनामा संलग्नहरूको खोजीकार्य जारी राखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *