झापामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

झापामा एक १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले जबरजस्ती करणी अभियोगमा जिल्लाको मेचिनगर नगरपालिका-६, बर्मेली टोल बस्ने ३४ वर्षीय जगतमणि आचार्यलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

आचार्यले ती बालिकालाई गत मंसिर ८ गते आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धानका क्रममा जगतमणिका दाइ ३७ वर्षीय बालकुमार आचार्यले ती बालिकालाई ललाई फकाई आफ्नो भाइलाई भेटाएको भन्ने खुल्न आएपछि उनलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर