कांग्रेस लुम्बिनी प्रदेश सम्मेलन आजदेखि, देउवाले उद्घाटन गर्दै

नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि  बुटवलमा सुरु हुँदैछ।  बुटवल रामनगरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु हुने सम्मेलन दुई दिनसम्म चल्नेछ। सम्मेलनको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ।

शनिबार उद्घाटन सत्र तथा आइतबार बन्द सत्र हुनेछ। सम्मेलनमा ६७५ जना प्रतिनिधि सहभागी हुने कांग्रेस प्रदेश सभापति अम्बरसिंह पुनले बताए।

सम्मेलनमा पार्टीको पुस १६ गते हुने केन्द्रीय महासमितिको नीति अधिवेशनमा सुझाव पेश गर्नेगरी छलफल हुनेछ। त्यस्तै समसामयिक विषय र विधान संशोधनबारे छलफल हुने पुनले जानकारी दिए।

सम्मेलनमा सभापति देउवासहित डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठौर, बाँकी ६ वटै प्रदेशका प्रदेश सभापति लगायतले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

उद्घाटन सत्रपछि राजनीतिक प्रतिवेदन, संगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेस हुने छन् र ती प्रतिवेदनमाथि प्रतितिधिहरूको छलफलपछि आगामी कार्य दिशा तय गर्ने कोषाध्यक्ष प्रकाश रानाले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर