३० दूरसञ्चार प्रदायक कम्पनीलाई ७ दिन भित्र सम्पर्कमा आउन प्राधिकरणको ताकेता

नेपाल दूरसञ्चार प्राधिकरणले ३० वटा दूरसञ्चार प्रदायक कम्पनीहरुलाई ७ दिन भित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।

दूरसञ्चार सेवा सञ्चालनको लागि अनुमतिपत्र प्राप्त गरेका, तर विगत केही वर्षदेखि नेपाल सरकार र प्राधिकरणमा नियमानुसार बुझाउनुपर्ने अडिटेड वित्तिय विवरण, रोयल्टी रकम तथा ग्रामिण दूरसञ्चार विकास कोषको रकम निर्धारित समयभित्र बुझाउनुपर्नेमा नदिएको भन्दै प्राधिकरणले ३० कम्पनीलाई सम्पर्कमा आउन निर्देशन दिएको हो ।

बक्यौता रकम तिर्नका लागि पटक–पटक सम्पर्क तथा पत्राचार गर्दा पनि कम्पनीहरु सम्पर्कमा नआएको प्राधिकरणले जनाएको छ।

७ दिनिभत्र पनि सम्पर्कमा नआए दूरसञ्चार ऐन २०५३ बमोजिम प्रदान गरिएको अनुमतिपत्र खारेजी गर्ने प्रक्रिया अगाडि बढाइने प्राधिकरणले चेनावनी दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर