जयशंकरको नेपाल भ्रमणमा १० हजार मेगावाट विद्युत खरिद सम्झौतामा हस्ताक्षर हुने

भारतीय विदेशमन्त्री डा. एस जयशंकर नेपाल भ्रमणमा आउँदा भारतले नेपालसँग १० हजार मेगावाट विद्युत खरिद गर्ने सम्झौतामा हस्ताक्षर हुने भएको छ ।

अहिलेसम्म मिति तय भइनसकेको नेपाल-भारत विदेशमन्त्रीस्तरीय संयन्त्रको बैठकमा सहभागी हुन विदेशमन्त्री जयशंकर नेपाल आउँदा पञ्चेश्वर परियोजना र १० हजार मेगावाट विद्युत खरिद÷बिक्री सम्झौतामा हस्ताक्षर हुने भएको हो ।

सोमबार सम्पादकहरूसँगको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय विदेशमन्त्री जयशंकरको भ्रमण करिब तय भएको र उनी आउँदा महत्वपूर्ण सम्झौतामा हस्ताक्षरका लागि तयारी भइरहेको जानकारी दिएको हो ।

गत १७ देखि २० जेठमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा दुई देशबीच दीर्घकालीन विद्युत व्यापार सम्झौता भएको थियो । यस्तै पञ्चेश्वर परियोजनालाई अगाडि बढाउने सहमतिसमेत भ्रमणका क्रममा भएको थियो ।

प्रचण्डको भारत भ्रमणका क्रममा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीच दीर्घकालीन पावर ट्रेड एग्रिमेन्ट भएको बताएका थिए ।

यस्तै २०५२ सालमा भएको महाकाली सन्धिमा पञ्चेश्वर परियोजनाको डीपीआर ६ महिनाभित्र बनाएर तत्काल निर्माण थाल्ने उल्लेख भएपनि अहिलेसम्म हुन सकेको छैन । हरेक पटक हुने द्विपक्षीय भ्रमणका क्रममा यसको काम अघि बढ्ने चर्चा चले पनि चर्चामै सीमित छ ।

प्रधानमन्त्री प्रचण्डले भारतीय विदेशमन्त्री जयशंकरको नेपाल भ्रमण हुने बताए पनि कुन मितिमा उनी नेपाल आउँदै छन् भन्ने खुलाएनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर