गृहमन्त्री श्रेष्ठ अस्पताल भर्ना, अवस्था सामान्य

छातीमा असहज महसुस भएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन्। मंगलबार राति छातीमा असहज महसुस भएपछि गृहमन्त्री श्रेष्ठलाई शहीद गंगालाल हृदयरोग केन्द्रमा लगिएको उनको निजी सचिवालयले जनाएकाे छ।

अस्पतालमा गृहमन्त्री श्रेष्ठको एन्जियोप्लास्टी गरिएको छ। सचिवालयका अनुसार उनकाे वायाँ ‘एन्टेरियर डिसेन्डिङ आर्टरी’को एन्जियोप्लास्टी गरिएको हो ।

यसअघि करिब ७ साताअघि चीन भ्रमणको क्रममा उनको लेफ्ट सर्कमफ्लेक्स आर्टरीमा एन्जियोप्लास्टी गरिएको सचिवालयले जनाएको छ । अहिले उनको स्वास्थ अवस्था स्थिर रहेको सचिवालयले जानकारी दिएको छ।

अस्पताल भर्ना भएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी लिएका छन्। आज बिहान गंगालाल अस्पताल पुगेर प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *