एसिया कप क्रिकेट : टस हारेर ब्याटिङ गर्दै नेपाल

संयुक्त अरब इमिरेट्स (यूएई) मा आजदेखि सुरू भएको एसीसी उन्नाइस वर्षमुनि (यू-१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तानविरूद्धको खेलमा टस हारेको छ ।
दुबईको आईसीसी एकेडेमी ओझल-२ क्रिकेट मैदानमा भर्खरै भएको टसमा पाकिस्तानका कप्तान मिराज ताहिर बैगले टस जितेर पहिला फिल्डिङ रोजेका छन् ।
उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा पाकिस्तान, भारत र अफगानिस्तान छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *