Video Story

जाने होइन त जमेको तालमा रमाउन पञ्चकुण्ड

चिसो बढेसँगै अन्नपूर्ण आधार शिविरमा रहेको पञ्चकुण्ड ताल’को पानी जमेको छ । पानी जमेर तालमाथि मानिसहरु सहजै हिडडुल गर्न सकिने बनेको हो । समुद्री सतह देखि चार हजार १९५ मिटर उचाइमा करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको पञ्चकुुण्ड ताल जमेको हेर्न र तालमाथि साहासिक यात्रा गर्न वेसिजनमा पनि पर्यटकको लर्को लागेको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा यो कुण्ड रहेको छ ।

हिन्दुु धर्मग्रन्थ रामायणका पात्र कागभुुसुुण्डि ऋषिले तपस्या गरेको डाँडा भएकाले यो ठाउँका धार्मिक महत्व छ ।

नारच्याङबाट ‘मौरिस हर्जोग पदमार्ग’ हुँदै दुई दिनको यात्रामा पञ्चकुण्ड तालमा पुग्न सकिन्छ । आधार शिविर क्षेत्रको भ्रमणमा जाने पर्यटकका लागि कुण्ड नै पहिलो र प्रमुख आकर्षणका रूपमा रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर