चाणक्य नीति भन्छ- सफलता र खुसीका लागि जनावरबाट सिक्नुहोस् यी गुण

आचार्य चाणक्यको नीतिमा उल्लेखित कुराहरू मानव जीवनका लागि निकै महत्त्वपूर्ण मानिन्छन्। तिनले व्यक्तिको जीवन सरल र सफल बनाउन मद्दत गर्न सक्छन्। यदि कुनै व्यक्तिले चाणक्य नीतिमा उल्लेखित कुराहरूलाई आफ्नो जीवनमा अपनाएमा उसले लाभ प्राप्त गर्न सक्छ।

मानिसले चाहेमा प्रकृतिमा रहेका हरेक कुराबाट केही न केही सिक्न सक्छ। आचार्य चाणक्यले आफ्नो नीतिमा मानिसले जनावरबाट पनि सिक्न सक्ने उल्लेख गरेका छन्। उनका अनुसार जनावरबाट सिकिने सकारात्मक गुणले हाम्रो जीवनमा सकारात्मक परिवर्तनहरू देखा पर्छन्। आउनुहोस् जानौं, कुन-कुन जनावरबाट मानिसले कस्ता-कस्ता विशेष गुण सिक्न सक्छ :

गधा
गधालाई मूर्ख जनावर मानिन्छ। तर, मानिसले चाहेमा त्यसबाट पनि सिक्न सक्छ। आफूलाई जुनसुकै परिस्थितिमा पनि त्यसअनुकूल ढाल्न र जे प्राप्त छ त्यसमा खुसी हुन गधाबाट सिक्न सकिन्छ।

काग
आचार्य चाणक्य भन्छन् कि मानिसले कागबाट सधैं सतर्क र सावधान रहनुपर्ने गुण सिक्नुपर्छ। यो गुण मानिसलाई जीवनमा सफलता दिलाउन सहायक सिद्ध हुन सक्छ।

कुकुर
चाणक्य भन्छन् कि प्रत्येक मानिसले आफ्नो मालिकप्रति वफादारीको गुण कुकुरबाट सिक्नुपर्छ। साथै व्यक्तिको निद्रा कुकुरको जस्तै हुनुपर्छ। जसरी कुकुर मस्त निद्रामा पनि सामान्य सानो आवाज सुन्नेबित्तिकै आँखा खोल्छ, त्यसरी नै मानिसले पनि सतर्क भएर सुत्नुपर्छ।

सिंह
सिंहलाई आफ्नो शक्तिका कारण जंगलको राजा भनिन्छ। चाणक्यका अनुसार प्रत्येक व्यक्तिले सिंहको जस्तै पूर्ण क्षमता र शक्तिका साथ हरेक काम पूरा गर्नुपर्छ। सिंहको यो गुणले मानिसलाई हरेक काममा सफलता दिलाउन मद्दत गर्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर