परराष्ट्रमन्त्री साउद र बंगलादेशी समकक्षीबीच कतारमा ‘साइडलाइन’ वार्ता

परराष्ट्रमन्त्री एनपी साउद र उनका बंगलादेशी समकक्षी एके अब्दुल मोमेनबीच भेटवार्ता भएको छ।

कतारमा आइतबारदेखि सुरू दोहा २१ औं फोरम सम्मेलनमा सहभागी हुने क्रममा परराष्ट्रमन्त्री साउद र बंगलादेशका विदेशमन्त्री मोमेनबीच ‘साइडलाइन’ भेटवार्ता भएको हो।

भेटमा उनीहरूबीच आपसी हितका विभिन्न विषयमा छलफल भएको थियो।

मन्त्री साउद शनिबार बिहान ७:४५ बजे कतार एयरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान गरेका थिए।

उनले उक्त फोरममा सहभागिता जनाउने क्रममा हुने उच्चस्तरीय भेटमा इजरायलमा बेपत्ता भएका विपिन जोशीको रिहाइको विषय गम्भीरताका साथ उठाउने उनका स्वकीय सचिव दीपक जोशीले बताए।

कतारमा उनले विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखारीसँग विपिनका बारेमा कुराकानी गर्ने कार्यतालिका छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर