नागढुंगाबाट २ किलो सुन बरामद प्रकरणमा चिनियाँ नागरिक पक्राउ

काठमाडौंको चन्द्रागिरि नगरपालिका-२, नागढुंगाबाट बरामद २ किलो सुन प्रकरणमा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन्।

बरामद सुन ओसारपसारमा संलग्न देखिएपछि चिनियाँ नागरिकलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले बताए।

पक्राउ पर्नेमा चिनियाँ नागरिक चेन झिवेइ छन्। २७ वर्षीय उनी काठमाडौंको सोह्रखुट्टे बस्दै आएका थिए।

बिहीबार राति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बागमती प्रदेश-०१-०२८ च २६९७ नम्बरको स्कर्पियो गाडीको गियर बक्सबाट सुन बरामद गरेको हो।

रसुवाबाट सुन लिएर आउँदै गरेका ३ जना मंसिर २१ गते नै पक्राउ परेका थिए। पक्राउ पर्नेमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका घर भएका २८ वर्षीय ग्याल छिरिङ तामाङ, २६ वर्षीय बिरू तामाङ र १९ वर्षीय सुनिल भुजेल छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर