हीरासहित काठमाडौंबाट भारतीय नागरिक पक्राउ

काठमाडौंकौ दक्षिणकाली नगरपालिका-५, फर्पिङबाट करिब ३ लाख २७ हजार ३ सय ३९ रूपैयाँ बराबरको अवैध हीरासहित भारतीय नागरिक पक्राउ परेका छन्।

काठमाडौंको सुन्धारा बस्ने भारत पश्चिम बंगाल घर भएका ४४ वर्षीय सञ्जय मैतीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो।

वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ५४७७ नम्बरको सुमोलाई फर्पिङ चेकपोष्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनको साथमा बिल नभएको भन्सार छलेर ल्याएको हीरा फेला परेको हो।

सुनचाँदी व्यवसायी संघबाट परीक्षण गर्दा उनले ल्याएको धातु हीरा भएको पुष्टि भएको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *