तीन देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहदाको प्रमाणपत्र

नेपालका लागि तीन देशका राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आ-आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेका छन्।
बिहीबार राष्ट्रपति निवास शीतल निवासमा आयोजित समरोहमा राजदूतहरूले राष्ट्रपति पौडेलसमक्ष ओहदाको प्रमाणपत्र पेस गरेका हुन्।
पानामाकी राजदूत यसेल एलिन्स बुइलोरिभेरा, श्रीलंकाका राजदूत सुदर्शना पथिराना, बेल्जियमका राजदूत दिदिएर एना एल भ्यान्डेरह्यासेल्टले ओहदाको प्रमाणपत्र बुझाएका हुन्।
राष्ट्रपतिलाई ओहदाको प्रमाणपत्र बुझाउँदै श्रीलंकाका राजदूत सुदर्शना पथिराना ।
राष्ट्रपतिलाई ओहदाको प्रमाणपत्र बुझाउँदै बेल्जियमका राजदूत दिदिएर एना एल भ्यान्डेरह्यासेल्ट ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर