भावी प्रधानसेनापतिको लाइनमा अशोकराज सिग्देल, सरकारले गर्‍याे रथीमा बढुवा

नेपाली सेनाका उपरथी अशोकराज सिग्देल रथीमा बढुवा भएका छन् । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले उनलाई बढुवा गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यसअघिको मन्त्रिपरिषद् बैठकमै सिग्देल बढुवाको फाइल सदर भए पनि रक्षामन्त्री पूर्णबहादुर खड्का विदेश भ्रमणमा रहेकाले उनी आएपछि मात्र माइन्युट गर्ने भनिएको थियो । आजको मन्त्रिपरिषद बैठकले सो निर्णयलाई सदर गरेको हो ।

रथीमा बढुवासँगै सिग्देल भावी प्रधानसेनापतिको लाइनमा आएका छन् । हालका प्रधानसेनापति प्रभुराम शर्मापछि उनी प्रधानसेनापति बन्ने सम्भावना बढेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर