काठमाडौंको चिंकमुगलमा ग्यास सिलिन्डर पड्किँदा आगलागी, आगो नियन्त्रणमा लिइँदै

ग्यास सिलिन्डर पड्किदा काठमाडौं महानगरपालिका-२३ चिंकमुगलस्थित एक घरमा आगलागी भएको छ । स्थानिय शान्ति चित्रकारको ५ तले घरमा आगलागी भएको प्रहरीले जनाएको छ । घरको ३ तला माथिबाट आगलागी सुरु भएको जनाइएको छ ।

खाना पकाउने ग्यास सिलिन्डर पड्किएर आगलागी सुरु भएको पाइएको प्रहरीले जनाएको छ । अहिले पनि आगलागी भइरहेको छ ।
उपकरणसहित नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनाले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

काठमाडाै‌ं र ललितपुरका दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

 

थप विवरण आउन बाकी छ ।

*यसअघि आगलागी भएकाे स्थानकाे नाम अन्यथा पर्न गएकाेमा क्षमायाचनासहित सच्याएका छाैं । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *