सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ आजबाट

सर्वोच्च अदालतका लागि प्रस्तावित ६ जना न्यायाधीशको संसदीय सुनुवाइ आजबाट सुरु हुँदैछ। न्याय परिषद्ले सिफारिस गरेकामध्ये आज सारंगा सुवेदी र अब्दुल अजिज मुसलमानको संसदीय सुनुवाइ हुन लागेको हो।

विहान ११ बजेबाट उनीहरुको सुनुवाइ सुरु हुने संसदीय सुनुवाइ समितिका सदस्य जगप्रसाद शर्माले जानकारी दिए।

न्याय परिषद्ले सुवेदी र मुसलमानसँगै महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाललाई सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्ताव गरेको छ।

संसदीय सुनुवाइ समितिले यही मंसिर ९ गते सार्वजनिक सूचना जारी गरेर प्रस्तावित न्यायाधीशको विषयमा उजुरी आह्वान गरेको थियो।

उजुरीका आधारमा सुनुवाई समितिले उजुरीकर्तासँग पनि यस अगाडी नै छलफल गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *