बालकृष्ण खाणले बुझाए धरौटीबापत ३० लाखकाे बैंक ग्यारेन्टी

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

पूर्वगृहमन्त्री खाणलाई बिहीबार उच्च अदालत पाटनले ३० लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएसँगै छाड्नका लागि प्रक्रिया पुर्‍याउन जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

खाणले काठमाडौं जिल्ला अदालत पुगेर ३० लाख रूपैयाँको बैंक ग्यारेन्टी बुझाएका छन् ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उपस्थित गराएपछि मात्र खाणलाई छाडिने छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर