मंसिर पूर्णिमाको यस्तो छ विशेषता र महत्त्व

हिन्दू धर्ममा पूर्णिमा तिथिको विशेष महत्त्व छ। यसैबीच अझ विशेष महत्त्वको मानिने मंसिर पूर्णिमा नजिकिँदै छ। यस वर्षको मंसिर पूर्णिमा पुस १० मा परेको छ। यस पूर्णिमका दिन कैयौं शुभ संयोगहरू बन्दैछन्। पूर्णिमाको व्रत राख्नाले सुख र सौभाग्य प्राप्त गर्ने विश्वास गरिन्छ। जानौं मंसिर पूर्णिमाको तिथि, शुभ मुहूर्त र महत्त्व :

यसपटक मंसिर पूर्णिमाका दिन शुक्ल योग र ब्रह्मयोगको शुभ संयोग हुने भएको छ। यी दुई शुभ ग्रहको बीचमा व्रत बस्ने व्यक्तिले भगवान् विष्णु, माता लक्ष्मी र चन्द्रमाको पूजा गर्नाले ग्रहको अशुभ प्रभावबाट मुक्ति मिल्ने धर्मशास्त्री बताउँछन्।

मंसिर पूर्णिमाको शुभ मुहूर्त
यस वर्षको मंसिर पूर्णिमा पुस १० गते बिहान ६ बजेर १ मिनेटमा सुरू हुनेछ र ११ गते बिहान ६ बजेर १७ मिनेटमा सकिनेछ। उदयतिथिमा १० गते पूर्णिमा पर्ने भएकाले पूर्णिमा व्रत १० गते नै बस्नुपर्नेछ।

मंसिर पूर्णिमाका दिन के गर्ने?
मंसिर पूर्णिमाको दिन ब्रह्म मुहूर्तमा बिहान पवित्र नदीमा स्नान गर्नुहोस्, यदि नदीमा नुहाउन असमर्थ भए घरमा गंगाजलको व्यवस्था गरेर स्नान गर्नुहोस्। साथै यस दिन भगवान् लक्ष्मीनारायणको पनि पूजा गर्नुहोस्।

भगवान् विष्णुलाई पहेँलो फूल, वस्त्र, पहेँलो मिठाइ आदि चढाउनुहोस्। यस दिन भगवान् सत्यनारायणको कथा पढ्नु पनि निकै शुभ मानिन्छ। यस दिन लक्ष्मीनारायणको विधिवत् पूजा गर्नाले घरमा सुख र ऐश्वर्य प्राप्त हुने विश्वास गरिन्छ।

यसबाहेक मंसिर पूर्णिमाका दिन तुलसीको जराको माटोले पवित्र नदीमा स्नान गर्नाले माता लक्ष्मी र भगवान् विष्णुको आशीर्वाद प्राप्त हुने साथै यस दिन गरिएको दान अन्य पूर्णिमाका दिनहरूको तुलनामा ३२ गुणा बढी फलदायी हुने धार्मिक विश्वास छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर