अशोकराज सिग्देल बलाधिकृत रथी नियुक्त

नेपाली सेनामा हालै रथी पदमा बढुवा भएका अशोकराज सिग्देलले दर्ज्यानी चिह्न लगाएका छन्।

सैनिक मुख्यालय जंगी अड्डामा शुक्रबार आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले उनलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्।

यससँगै रथी सिग्देल बलाधिकृतमा नियुक्त भएका छन्।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले उनलाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो। रथीमा बढुवासँगै सिग्देल शर्मापछि भावी प्रधानसेनापतिकाे लाइनमा समेत छन्।

वि. सं. २०२३ माघ १९ गते कपिलवस्तुमा जन्मेका रथी सिग्देल २०४३ फागुन ३ गते नेपाली सेनाको अधिकृत क्याडेट दर्जामा प्रवेश गरी २०४५ जेठ १९ गते नेपाली सैनिक प्रतिष्ठानबाट सहायक सेनानी भएका थिए।

यस्तै आजै प्रधानसेनापति शर्माले उपरथीमा बढुवा भएका सन्तोषवल्लभ पौडेललाई पनि दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

उपरथी पौडेल पश्चिम पृतनापतिमा नियुक्त भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर