विचाराधीन मुद्दाहरू छिटोभन्दा छिटो फर्स्योट गर्ने प्रयास गर्छु : प्रस्तावित न्यायाधीश मुसलमान

सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश अब्दुल अजीज मुसलमानले सर्वोच्च अदालतमा विचाराधीन रहेका मुद्दाहरूलाई छिटोभन्दा छिटो फर्स्योट गर्न आफ्नो प्रयास रहने बताएका छन्।

संसदीय सुनुवाइ समितिको शुक्रबारको बैठकमा आफ्नो अवधारणापत्र र कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित न्यायाधीश मुसलमानले सर्वोच्च अदालतमा विचाराधीन रहेका फर्स्योट हुन नसकेका मुद्दाहरू छिटो फर्स्योट गर्न आफ्नो प्रयास रहने बताएका हुन्।

उनले इजलासमा पेस भएका मुद्दाहरूको सोही दिन फर्स्योट गर्न पनि आफ्नो प्रयास रहने बताए। उनले अनावश्यक आदेशलाई निरूत्साहन गर्ने पनि बताए।

उनले साना प्रकृतिका, वैवाहिक र विशिष्टिकृत विवाद समावेश भएका मुद्दाहरूका लागि छुट्टै इजलास गठनका लागि प्रयास गर्ने आफ्नो कार्ययोजना रहेको बताए।

‘भनिन्छ, न्याय ढिलो दिनु न्याय दिन इन्कार गर्नु हो। सर्वोच्च अदालतमा विचाराधीन फर्स्योट हुन नसकेका मुद्दाहरूलाई फर्स्योट गर्ने मेरो प्रयास रहनेछ,’ उनले भने, ‘इजलासमा पेस भएका मुद्दाहरूको सोही दिन फर्स्योट गर्ने, अनावश्यक आदेशलाई निरूत्साहन गर्ने, साना प्रकृतिका, वैवाहिक र विशिष्टिकृत विवाद समावेश भएको मुद्दाहरूको लागि छुट्टै इजलास गठनको लागि प्रयास गर्ने, सरकारवादी देवानी फौजदारी र अन्य मुद्दाहरूको छुट्टाछुट्टै बार तोक्ने, इजलासको मर्यादा कायम तथा व्यवस्थापनमा जोड दिने, समय व्यवस्थापनमा ध्यान दिने।’

उनले आफू न्यायाधीश बनेमा ‘न्यायपालिकाको स्वतन्त्रता, न्याय सुशासन हाम्रो प्रतिबद्धता’ भन्ने नारालाई आत्मसा गर्दै काम गर्ने पनि बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *