नबिल बैंकको स्टक डिलर धितोपत्र कारोबार सुरू

नबिल बैंक लिमिटेडले स्टक डिलर धितोपत्र कारोबारको शुभारम्भ गरेको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच बैंकको सहायक कम्पनी नबिल स्टक डिलर लिमिटेड र स्टक डिलर धितोपत्र कारोबारको शुभारम्भ नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले गरे ।

बैंकले ३ अर्ब रूपैयाँको (९% नबिल डिबेन्चर २०८७) ऋणपत्र निष्कासन गरेको छ । प्रतिइकाइ १ हजार रूपैयाँका दरले ३ अर्ब रूपैयाँको ३० लाख इकाइ ऋणपत्र निष्कासन गरेको छ ।

जसमा १८ लाख इकाइ बैंकले विभिन्न संघसंस्थालाई बिक्री गर्ने जनाएको छ । बाँकी रहेको १२ लाख इकाइ सर्वसाधारणका लागि छुट्याइएको छ ।

त्यसबाट ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी रहेको कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

नबिलले ७ वर्षका लागि निष्कासन गरेको ऋणपत्रमा ९ प्रतिशत ब्याज पाइनेछ । ऋणपत्रमा पुस ३ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा पुस १३ गतेसम्म आवेदन दिन सकिने छ ।

यसमा न्यूनतम २५ देखि अधिकतम १२ लाख इकाइसम्म आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर