भक्तपुरमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

भक्तपुरमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलान्चोक रोशी गाँउपालिका १० घर भई गठ्ठाघर, भक्तपुर बस्ने बर्ष २३ का बिशाल मैनाली रहेका छन् ।

शुक्रबार राती भक्तपुर मध्यपुर ठिमि नगरपालिका २ सानोठिमी स्थित जनक शिक्षा सामाग्री केन्द्र अगाडी बहाखा बजारबाट सानोठिमी तर्फ जाँदै गरेको बा ४ ख २३४७ नम्बरको टिप्पर र बिपरीत दिशाबाट आँउदै गरेको बा ९२ प ५५३१ नम्बरको स्कुटी एक आफसमा ठक्कर खाई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भिर घाइते भएका मैनालीको नागरीक अस्पताल गठ्ठाघरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिपर सहित चालक धादिङ थाक्रे गाँउपालिका ७ घर भई हाल जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका ८ सिपाडोल बस्ने बर्ष ४२ का सुरेश तामाङलाई प्रहरी वृत्त ठिमी भक्तपुरले नियन्त्रणमा लिएको जनाइएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर