इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका व्यक्तिलाई दुबईबाट पक्राउ गरेर नेपाल ल्याइयो

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा एक जना आरोपीलाई दुबईबाट पक्राउ गरेर नेपाल ल्याएको छ।

ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका सर्लाहीका कोमलराज उपाध्यायलाई पक्राउ गरेर ल्याइएको हो।

उनलाई एनसीबी अबुधावीको समन्वयमा दुबईबाट पक्राउ गरेर सम्बन्धित मुद्दामा कारबाहीका लागि शुक्रबार नेपाल फिर्ता ल्याइएको हो।

प्रहरीका अनुसार उपाध्यायसमेत सञ्चालक रहेको दुबईस्थित त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीले पीडितलाई दुबईमा आर्म्स गार्ड, डीपीएस सेक्युरिटीमा आकर्षक तलब र सुविधासहितको रोजगारीकाे प्रलोभन देखाएका थिए।

भिजिट भिसामार्फत दुबई बोलाएर आफूहरूबाट रकम लिएको तर भनेबमोजिम रोजगारीमा नलगाई ठगी गरेको भन्दै ५१ जना पीडितहरूले उनीविरूद्ध जाहेरी दिएका थिए।

उपाध्यायसहितका प्रतिवादीविरूद्ध सीआईबीमा ठगीसम्बन्धी मुद्दा दर्ता भएको थियो।

उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउका इन्टरपोल महासचिवालयबाट २०७९ वैशाख २७ मा रेड नोटिस जारी भएको थियो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर