सपनामा बाँदर देख्नु शुभ वा अशुभ ?

स्वप्नविज्ञानअनुसार हरेक सपना मानिसको जीवनसँग जोडिएको हुन्छ । सपनाले हाम्रो वर्तमान र भविष्यबारे केही संकेत गरिरहेको हुन्छ ।

सपनाको संसारमा गएपछि हामी जे पनि देख्न सक्छौं । यदि तपाईंले सपनामा बाँदर देख्नुभयो भयो भने यसको अर्थ के हो, यसले शुभ वा अशुभ के संकेत गर्दछ ? आउनुहोस् जानौं :

सपनामा बाँदरको लडाइँ देख्नु
यदि तपाईंले सपनामा बाँदरहरू लडाइँ गरिरहेको देख्नुभयो यसको मतलब तपाईं भविष्यमा होसियार हुनुपर्नेछ । किनभने यस्तो सपनाले तपाईंको परिवारमा झगडा हुन सक्ने सम्भावनालाई संकेत गर्छ । यसबाट पारिवारिक सम्बन्धमा दूरी बढ्न सक्छ ।

सपनामा बाँदर पौडिरहेको देख्नु
सपनामा बाँदर पौडी खेलिरहेको देख्नुभयो भने यस्तो सपना देख्नुको अर्थ आउने समय तपाईंका लागि निकै शुभ रहनेछ । यस्तो सपनाले तपाईंले चाँडै आफ्नो जीवनमा समस्याहरूबाट छुटकारा पाउने संकेत गर्दछ ।

यदि तपाईंलाई सपनामा बाँदरले टोक्यो भने बुझ्नुपर्छ कि भविष्यमा केही गम्भीर चोटपटक लाग्न सक्छ । यस्तो अवस्थामा सावधान रहन जरूरी हुन्छ ।

सपनामा बाँदरले केही खाइरहेको देख्नु
स्वप्नविज्ञानअनुसार सपनामा बाँदरले केही खाइरहेको देखेमा त्यो अशुभ संकेत हो । यस्तो सपना देख्नुको अर्थ भविष्यमा केही आर्थिक नोक्सानी हुन सक्छ भन्ने हो । यसबाहेक सपनामा क्रोधित बाँदर देख्नु पनि शुभ मानिँदैन, यस्तो सपना देख्दा पनि आर्थिक हानि हुने सम्भावना हुन्छ ।

तर, यदि सपनामा बाँदरको झुण्ड देखियो भने चाहिँ यसले तपाईंलाई छिट्टै आर्थिक लाभ हुन सक्ने संकेत गरेको हो भन्ने सम्झनुपर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *