तत्काल मन्त्रिमण्डल फेरबदलको सम्भावना छैन : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले आवश्यकताअनुसार मन्त्रिमण्डल परिवर्तन गर्न सकिने बताएकी छन् ।

आइतबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएकी हुन् ।

तर, उनले अहिले सत्ता गठबन्धन र सरकारमा मन्त्री फेरबदलको कुनै चर्चा नरहेको स्पष्ट पारिन् । उनले सरकार आफ्नो उद्देश्यमा अविचलित रहेको बताइन् ।

उनले सरकारले लय नगुमाएको र सरकारको प्राथमिकता समृद्धि, सुशासन कायम गर्ने, सेवा प्रवाहलाई चुस्त-दुरूस्त बनाउनु रहेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *