नेपाली श्रमिकलाई फ्री भिसा फ्री टिकटमा विदेश पठाउन सकिँदैन : श्रमसचिव भण्डारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव केवलप्रसाद भण्डारीले वैदेशिक रोजगारीको लागि फ्री भिसा फ्री टिकटमा नेपाली श्रमिकहरू पठाउन नसकिने बताएका छन् ।

आइतबार मन्त्रालयमा अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस (डिसेम्बर १८) को पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रमसचिव भण्डारीले यस्तो बताएका हुन् ।

उनले नेपालबाट वैदेशिक रोजगारीका लागि खाडीलगायत मुलुकहरूमा फ्री भिसा फ्री टिकटमा पठाउने काम भए पनि पठाउन नसकिने स्पष्ट पारे । उनले योग्यता, क्षमता र सीप भएका श्रमिकहरूको माग गर्दा नै सम्बन्धित देशको एजेन्सीहरूले कमिसन लिने गरेको बताए ।

उनले श्रमिक माग गर्दा नै लागत लाग्ने भएकाले फ्री भिसा फ्री टिकटमा श्रमिक पठाउन नकिने देखिएको बताए ।

सचिव भण्डारीले सरकारले फ्री भिसा फ्री टिकट नीति कार्यान्वयनका लागि काम गरेको तर सम्भव नभएको उल्लेख गरे ।

उनले स्वास्थ्य मन्त्रालयले स्वास्थ्य परीक्षण प्रक्रियाकै लागि लगभग १२ हजार रूपैयाँ खर्च हुने मापदण्ड बनाएको भन्दै १० हजार रूपैयाँमा पठाउन नसकिने बताए ।

उनले श्रमिकहरूको एक महिनाको पारिश्रमिक बराबर सेवाशुल्क म्यानपावरले लिन पाउने र सीपयुक्त श्रमिकबाट फरक सेवाशुल्क लिन सक्ने गरी मन्त्रालयले छलफल गरिरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *