संघीयतापछिको विकास सन्तोषजनक छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीयतापछिको विकास सन्तोषजनक रहेको बताएका छन्।

सोमबार ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

उनले स्थानीय सरकार बनेपछि, संघीय लोकतान्त्रिक गणतन्त्रका संविधान बनेपछि र स्थानीय सरकारलाई जनताको प्रत्यक्ष नियन्त्रण, निगरानी र हस्तक्षेपको सरकार, जनताको सरकारका रूपमा परिभाषित गरिएपछि भएका विकास उत्साहवर्द्धक रहेको बताए।

७५३ वटै स्थानीय तहको अवस्था हेर्दा आफूले विकास निर्माणलगायतमा भएको काम सन्तोषजनक पाएको उनले बताए। उनले नकारात्मकभन्दा सकारात्मक कुरामा ध्यान दिन पनि आग्रह गरे।

प्रधानमन्त्री दाहालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई वाग्मती नदी हस्तक्षेप, तीनकुने हस्तक्षेप वा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा आफूले जति पहल गर्ने अर्को प्रतिनिधि देख्नुभएको छ भन्दै प्रश्न गरे।

उनले आफू काठमाडौंको फोहोर व्यवस्थापनलगायतका कुरामा रचनात्मक रहेको बताए। व्यवस्थापनका लागि गरेको पहललाई स्विकार्न किन नसकेको भन्दै मेयर शाहलाई उनले प्रश्न गरे।

प्रधानमन्त्री दाहालले पूर्वाधार निर्माण मात्रै विकास नभएकाले जनताको जीवनमा सुखको प्रत्याभूति गराउन आवश्यक रहेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर