वैदेशिक रोजगारमा जाने श्रमिकहरूको भर्ना प्रक्रियालाई न्यायोचित बनाउन आवश्यक : श्रमसचिव

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले वैदेशिक रोजगारमा जाने श्रमिकहरूको भर्ना प्रक्रियालाई न्यायोचित बनाउन आवश्यक रहेको बताएका छन्।

सोमबार अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस (डिसेम्बर १८) को अवसरमा आयोजित कार्यक्रममा बोल्दै सचिव भण्डारीले यस्तो बताएका हुन्। उनले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई म्यानपावर व्यवसायीहरूले मनलाग्दी लागत लिने भन्दा पनि सबैलाई न्यायोचित बनाउनुपर्ने बताए।

उनले नेपाली आर्थिक-सामाजिक तथा अर्थतन्त्रको छिद्रको वैदेशिक श्रम आप्रवासन ठूलो विषय भएको भन्दै राज्यले प्राथमिता दिन आवश्यक रहेको बताए। उनले वैदेशिक श्रम आप्रवासनको क्षेत्रमा राज्यले प्राथमिकता दिन नसकेको भन्दै अब सरकार र व्यवसायीहरूले सहजीकरण गर्नुपर्ने बेला भएको बताए।

उनले नेपालमा वैदेशिक रोजगारको क्षेत्रमा धेरै नीति भए पनि राज्य र निजी क्षेत्र दुवैले पालना नगरेको अवस्था रहेको बताए। उनले आईएम, आईएलओ र सरकारले बनाएका नीतिहरूसमेत लागू हुन नसकेको उल्लेख गरे।

उनले एउटा अध्ययनले नेपालबाट वैदेशिक रोजगारीमा जाने ८० प्रतिशतभन्दा बढी श्रमिकहरू गरिबीबाट माथि उठ्नका लागि जाने गरेको देखाएको भन्दै त्यस्ता श्रमिकसँग दुई लाख रूपैयाँ बढी पैसा लिनु उचित नभएको बताए। उनले सरकारले सेवा शुल्क व्यवस्थित बनाउने काम गरिरहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर