प्रधानमन्त्री प्रचण्डले देशवासीका नाममा विशेष सम्बोधन गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशवासीको नाममा विशेष सम्बोधन गर्ने तयारी गरेका छन्। प्रचण्डकाे नेतृत्वमा सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा उनले विशेष सम्बाेधन गर्ने भएका हुन्। उनी प्रधानमन्त्री नियुक्त भएको आगामी मंगलबार एक वर्ष पूरा हुँदै छ।

प्रधानमन्त्री प्रचण्डले आफैँले एक वर्षपछि नयाँ ढङ्गले काम गर्न चाहेको बताउँदै आएका छन्।

दाहालले सोमबारमात्रै पनि आफ्नो कार्यकालको दोस्रो वर्षलाई विशेष बनाउन चाहेको बताएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर