एनसेलको शेयर खरिद-बिक्री अस्वाभाविक छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एनसेलको शेयर खरिद-बिक्री अस्वाभाविक रहेको बताएका छन्।

मंगलबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले एनसेलको वैदेशिक लगानी, शेयर खरिद-बिक्री, कर राजस्व, विदेशी मुद्रा सटहीसमेतका विषयमा प्रमाण तथा कागजात संकलन भइरहेको बताए।

उनले अध्ययन तथा छानबिन समितिको यकिन राय-सुझावसहितको प्रतिवेदन प्राप्त भएपछि त्यस आधारमा नेपाल सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूको नियमन, विदेशी लगानीको वातावरण निर्माणमा थप सहजीकरण, विदेशी मुद्रा सटही सुविधा र कर प्रशासनमा सुधारका लागि आवश्यक कदम चाल्ने बताए।

उनले एनसेल प्रकरणमा कतै कसैबाट कानुनविपरीतका कामकारबाही भए/गरेको पाइए कानुनबमोजिम हदैसम्मको कारबाही गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताए।

प्रधानमन्त्री दाहालले एनसेल शेयर खरिद-बिक्री सहज नलागेकै कारण सरकारले अध्ययन समिति बनाएको स्पष्ट पारे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर