अछाममा ब्रेक फेल भएर पल्टियो जीप, १३ जना घाइते

अछाममा जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । मङ्गलसेन नगरपालिका-६, ठूलासैन नजिकै मध्यपहाडी पुष्पलाल राजमार्गमा जीप दुर्घटना भएको हो ।

हुम्ला जिल्लाको सिमीकोट गाउँपालिका-३ का कार्बु लामाले चलाएकोे भे १ च २५७६ नम्बरको जीप दुर्घटनामा परी जीपमा सवार १४ जनामध्ये १३ जना घाइते र एक जना सामान्य घाइते भएका हुन् । घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए ।

बाजुराबाट सुर्खेततर्फ जाँदै गरेको जीप ओरालोमा एक्कासि ‘ब्रेक फेल’ भई सडकको किनारमा पल्टिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर