टर्कीमा १२ सय बढी अवैध आप्रवासी पक्राउ

टर्कीको सुरक्षा बलले गत नोभेम्बरमा उत्तर पश्चिमी प्रान्त एडिर्नेमा १ हजार २०९ जना अवैध आप्रवासीहरूलाई पक्राउ गरेको सरकारी टेलिभिजन टीआरटिले जनाएको छ ।

पक्राउ परेका आप्रवासीहरूलाई आप्रवासन कार्यलयमा पठाइएको छ ।

प्रान्तीय कमाण्ड टोलीले अवैध आप्रवासनलाई रोक्न एडिर्ने सहरको केन्द्र तथा वरपरका जिल्लामा निरीक्षण कडा बनाएको छ । एडिर्ने ग्रीस र बुल्गेरियाको सिमाना नजिक रहेको क्षेत्र हो ।

टर्कीका आन्तरिकमन्त्री अली उर्लिकायाले देशको सबैभन्दा ठूलो सहर इस्तानबु्लमा मात्र नभई सबै प्रान्तका अवैध आप्रवासीहरूलाई नियन्त्रण गरिने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *