नेप्से २१ सय बिन्दुमाथि, ५ अर्ब ९८ करोडको कारोबार

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले उकालो लागेको छ । नेप्से परिसूचक दुई हजार एक सय विन्दुभन्दा माथि पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४५ दशमलव ९८ बिन्दुले उकालो लागेर दुई हजार एक सय छमा पुगेको हो ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलव शून्य पाँच अङ्कले उकालो लागेर तीन सय ९७ दशमलव ६९ मा पुगेको छ ।

कल एक करोड ६४ लाख ५७ हजार एक सय ३८ कित्ता शेयर पाँच अर्ब ९८ करोड ४६ लाख ९९ हजार एक सय ७५ रूपैयाँमा खरिद-बिक्री भएको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको ३७ करोड ४३ लाख ४८ हजार दुई सय दुई रूपैयाँ बराबरको शेयर कारोबार भयो । यस्तै सोल्टी होटल २८ करोड ७३ लाख २४ हजार तीन सय ३१, सोनापुर मिनरल्स १६ करोड ७१ लाख ४२ हजार सात सय ५५, हाथवे इन्भेस्टमेन्ट १४ करोड २९ लाख ३० हजार पाँच सय ८८ र घोराही सिमेन्ट १३ करोड ३० लाख ८६ हजार तीन सय ९८ रूपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार आज विभिन्न दस कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै सिद्धार्थ इन्भेस्टम ग्रोथ स्किम दोस्रो सात दशमलव २६, माथिल्लो मैलुङ खोला जलविद्युत् आयोजना चार दशमलव ९०, प्रभु बैंकको ऋणपत्र तीन दशमलव ८३, सानिमा बैंकको ऋणपत्र तीन दशमलव ७८ र पिपल्स पावरको लगानीकर्ताले तीन दशमलव १९ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *