मलाई अझ धेरै भ्रष्टाचारी र माफियामाथि हान्न मन छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई अझै धेरै भ्रष्टाचारी र माफियामाथिको छानबिन अघि बढाउने चाहना रहेको बताएका छन्।

मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै प्रधानमन्त्री दाहालले आफूले चाहेजस्तो गरी काम गर्न नसकेको स्विकारे।

उनले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा आफूले प्रतिबद्धता गरेअनुसार काम गर्न नसकेको स्वीकार गरेका हुन्।

प्रधानमन्त्री दाहालले आफूले नेपालको अन्तर्राष्ट्रिय छविलाई माथि उठाएको दाबी गरे। आफू नेपालको कूटनीतिक अवस्था, सन्तुलन र राष्ट्रिय हितलाई केन्द्रमा राखी आक्रामक ढंगले अगाडि बढेको उनको भनाइ थियो।

प्रधानमन्त्री दाहालले विभिन्न प्रकरणहरूमा प्रकृतिअनुरूप कारबाही प्रक्रिया पनि अगाडि बढाइएको पनि बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *