एनसेल प्रकरणमा मेरो र छोरीको नाम जोड्नु संविधान र गणतन्त्रमाथिको हमला : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एनसेलकाे शेयर खरिद-बिक्री प्रकरणमा आफ्नो र छोरी गंगा दाहालको नाम जोड्नु वर्तमान राजनीतिक प्रणाली, संविधान र गणतन्त्रमाथिको हमला भएको बताएका छन्।

मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।

उनले कतिपय मानिसहरू आफूलाई ‘ह्युमिलिएट’ र ‘डिप्रेस’ नगरेसम्म व्यवस्था उल्टिँदैन भनेर त्यही ढंगले लागेको बताए।

उनले एनसेल प्रकरणमा आफ्नो परिवारमाथि लगाइएको आरोप झुटो भएको बताए। उनले लगाइएका आरोपहरू साबित नहुने पनि बताए।

प्रधानमन्त्री दाहालले एनसेलको शेयर खरिद-बिक्री गर्नेहरूलाई आफूले चिनेको भए पनि कानुन, संविधान र प्रणालीका विरूद्धमा गए नछाड्ने बताए।

चिनेजानेको नाताले अनुहार हेरेर नबस्ने उनको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर