तीन वर्षमा दोब्बरले बढ्यो वायुसेवा निगमको आम्दानी

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आम्दानी गत तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको छ ।

महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदनअनुसार निगमको कुल आम्दानी आथिर्क वर्ष २०७७/७८ मा नौ अर्ब १० करोड ९७ लाख ३१ हजार आठ सय ४५ रूपैयाँ रहेको थियो । आार्थिक वर्ष २०७८/७९ मा निगमको आम्दानी १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार तीन सय ३३ रूपैयाँ रहेकामा आर्थिक २०७९/८० को प्रारम्भिक कुल आम्दानी २२ अर्ब २४ करोड १९ लाख ७८ हजार रूपैयाँ देखिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । निगमले गत तीन वर्षको आम्दानीमा एक सय १४ प्रतिशतले वृद्धि गरेको पनि जनाएको छ ।

विगत आठ वर्षदेखि निगमसँग अन्तर्राष्ट्रियतर्फ चार र आन्तरिकतर्फ दुई जहाज उडानमा रहेका छन् । निगमसँग उपलब्ध भएका जहाज तथा साधन स्रोतको उचित उपयोग गरेर यो उपलब्धि हासिल गर्न सफल भएको निगमले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साथै हालको बजार मागअनुरुप प्रतिस्पर्धी बजारमा आम्दानी बढाउनका लागि निगमलाई पर्याप्त मात्रामा जहाजको कमी रहेकाले आवश्यक कार्ययोजनाका साथ अघि बढ्ने पनि निगमले उल्लेख गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर