विकास निर्माणका काममा अवरोध पुर्‍याउने निकाय सरकार नै हो : महामन्त्री थापा

नेपाली कांग्रेसका सांसद एवं महामन्त्री गगनकुमार थापाले समयमा सक्ने भनेर सुरू गरेका विकास निर्माणका काममा अवरोध पुर्‍याउने सबैभदा ठूलो निकाय सरकार नै रहेको बताएका छन्।

बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था र सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले सुरूङ निर्माणका लागि विष्फोटक पदार्थको कुरा राजनीतिक तवरबाट नटुंगिकन सेनाको नेतृत्वलाई जिम्मा लगाएर हुने अवस्था नरहेको बताए।

उनले खोकनाको फास्ट ट्र्याक टुंग्याउन मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने बताए।

उनले अहिलेकै काम जस्ताको तस्तै गरेर २०८३ सम्म योजना सम्पन्न नहुने बताए।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *