रघुजी पन्तको प्रश्न- नेपाली सेनाले आफूलाई चाहिने गोलीगट्ठा र बारूद पनि बनाउन सक्दैन?

नेकपा (एमाले) का सांसद रघुजी पन्तले सेनाले आफ्ना लागि चाहिने न्यूनतम गोलीगट्ठा र बारूद उत्पादन गर्न नसक्नुको कारण माग गरेका छन्।

बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था र सुशासन समितिको बैठकमा बोल्दै उनले नेपाली सेनाले विष्फोटक पदार्थका लागि पनि छिमेकी देशको भर पर्नुपर्ने अवस्था हो भन्दै प्रश्न गरेका हुन्।

उनले ढुंगा फोर्न, पड्काउन अरूको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए।

उनले बाटो बनाउन पनि छिमेकीबाट बारूद आएन भनेर बस्नुपर्ने अवस्था तेड्न सैनिक नेतृत्वले कति प्रयत्न गरेको छ भन्दै प्रश्न गरे।

सांसद पन्तले कुनै बेला युद्धका लागि तयार हुनपर्ने भए कति दिनसम्म नेपाली सेनाले थेग्छ भन्दै प्रश्न गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर