हिउँदे अधिवेशन सञ्चालन गर्ने गरी संसद भवन निर्माण भइरहेको छ : मन्त्री गुरूङ

सहरी विकासमन्त्री सीता गुरूङले संघीय संसदको आगामी हिउँदे अधिवेशन सञ्चालन गर्ने अठोटका साथ संघीय संसद भवनको निर्माण कार्यलाई तीव्रता दिइएको बताएकी छन्।

बुधबार संघीय संसद राष्ट्रियसभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै उनले सिंहदरबारको पुतली बगैंचामा निर्माणाधीन संघीय संसद भवनबारे सो कुरा बताएकी हुन्।

मन्त्री गुरूङले प्रतिनिधिसभा र राष्ट्रियसभाको हलमाथि टस राख्ने काममा समय लाग्ने भए पनि त्यसलाई संसदको हिउँदे अधिवेशन सञ्चालन हुने गरी सक्न सम्बन्धित पक्षलाई निर्देशन दिइएको समितिलाई जानकारी गराइन्।

उनले माघ महिनाभित्र हस्तान्तरण गर्ने गरी मन्त्री क्वार्टर निर्माणको काम भइरहेको पनि बताइन्।

मन्त्री गुरूङले अधुरा आयोजनाहरूका कामलाई तीव्रता दिन आफूले सम्बन्धित मन्त्रालयसँग समन्वयको कामलाई जोड दिएको पनि जानकारी दिइन्।

अनुगमन गर्ने परम्परागत शैली, अन्तरमन्त्रालयबीचको समन्वयको अभाव, सार्वजनिक खरिद ऐन, स्रोतको सुनिश्चिता नहुँदा पनि निर्माणाधीन आयोजनाहरूका कामले गति लिन नसकेको बताइन्।

मन्त्री गुरूङले पर्याप्त बजेटको व्यवस्था गर्न सकिने अवस्था नभएकाले पनि विकास निर्माणका कामले गति लिन नसकेको बताउँदै यस यथार्थलाई मनन गरिदिन सांसदहरूलाई आग्रह गरिन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *