मेजर हरिकुमार पाण्डेको कमाण्डमा २२५ जना शान्ति सैनिक मिनुस्का मिसनका लागि प्रस्थान

नेपाली सेनाले मध्य अफ्रिकी गणतन्त्रमा संयुक्त राष्ट्र बहुआयामिक एकीकृत स्थिरीकरण मिसन (मिनुस्का) मा तैनाथ शान्ति सैनिकहरू हेरफेर गरेको छ।

राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ विभिन्न मुलुकहरूमा यूएन मिसनमा सहभागी हुने क्रममा मंगलबार सेनानी (मेजर) हरिकुमार पाण्डेको नेतृत्वमा २२५ जना शान्ति सैनिक मिसन इलाका प्रस्थान गरेका हुन्।

उक्त मिसनमा तैनाथ कालीजंग गण लाइट इन्फन्ट्री बटालियन (एलआईबी) पहिलो डफ्फालाई बदली गर्न महावीर गण (रेञ्जर) को दोस्रो तथा अन्तिम डफ्फाका शान्ति सैनिकहरू त्यसतर्फ गएका हुन्।

राष्ट्रसंघको चार्टर्ड विमान (इथियोपियन एयरलाइन्स) बाट उनीहरू मिसन इलाका प्रस्थान गरेका हुन्।

यसैगरी सोही मिसनमा तैनाथ पहिलो डफ्फामा कार्यरत २२४ जना शान्ति सैनिकहरू प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) विजय बस्नेतको नेतृत्वमा मिसन अवधि पूरा गरी बिहीबार स्वदेश फर्कने छन्।

प्रमुख सेनानी प्रज्वल थापाको नेतृत्वमा २२५ जना शान्ति सैनिकहरू यसअगावै मिसन इलाकामा तैनाथ भइसकेका छन्।

प्रतिक्रिया

One thought on “मेजर हरिकुमार पाण्डेको कमाण्डमा २२५ जना शान्ति सैनिक मिनुस्का मिसनका लागि प्रस्थान

Leave a Reply to Dinesh pun Cancel reply

Your email address will not be published. Required fields are marked *