रूसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु

युक्रेनसँग युद्धरत देश रूसको सेनामा कार्यरत थप एक जना नेपालीको मृत्यु भएको छ।

मृत्यु हुनेमा कुन्दनसिंह नागल रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

यससँगै रूसी सेनामा भर्ना भई मृत्यु हुने नेपालीकाे संख्या ७ पुगेकाे छ। यसअघि ६ जनाकाे मृत्यु भएकाे मन्त्रालयले पुष्टि गरेकाे थियाे।

यस्तै युक्रेनमा बन्दी भएका चार जना नेपाली नागरिकहरूलाई रिहाइ गर्न पनि मन्त्रालयले आग्रह गरेको छ।

मन्त्रालयका अनुसार बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतीक पुन युक्रेनमा बन्धक छन्।

मन्त्रालयले नेपालका लागि रूसका राजदूतमार्फत रूसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकहरूको शव यथाशीघ्र नेपाल पठाउन तथा घाइतेलगायतका पीडित परिवारहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन पुनः अनुरोध गरिएको पनि जानकारी दिएको छ।

हेर्नुहाेस् मन्त्रालयकाे विज्ञप्ति :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर