एक हप्तामा इन्टरपोलले ‘रेड नोटिस’ जारी गरेका चार जना विदेशबाट पक्राउ

नेपाल प्रहरीले एक हप्ताको अवधिमा इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भई फरार रहेका चार जनालाई विदेशबाट पक्राउ गरी नेपाल ल्याएको छ।

प्रहरीले इन्टरपोल तथा विभिन्न सदस्य राष्ट्रको समन्वयमा विभिन्न मुद्दामा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएका उनीहरूलाई पक्राउ गरेर नेपाल ल्याएको हो।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुसार युनाइटेड अरब इमिरेटस् (यूएई) को दुबईबाट तीन तथा कुवेतबाट एक जनालाई पक्राउ गरेर नेपाल ल्याइएको हो।

विद्युतीय कारोबारको कसुरमा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका प्युठानको सरूमारानी गाउँपालिका-१ का ३३ वर्षीय सगीर अहमदलाई पक्राउ गरी बुधबार नेपाल ल्याइएको हो।

यसअघि स्याङ्जाको वालिङ नगरपालिका-११, भोर्लेका ३५ वर्षीय यामबहादुर बुढाथोकी, काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका-८ का ३१ वर्षीय उमेश लामा र सर्लाहीको जानकीनगरका कोमलराज उपाध्यायलाई पक्राउ गरी नेपाल ल्याइएको प्रहरी नायब महानिरीक्षक कडायतले बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर