शेयर बजारको उकालो यात्रामा ‘ब्रेक’, ३२ अंकले घट्यो नेप्से

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२ दशमलव ७७ अङ्कले ओरालो लागेर दुई हजार एक सय नौ दशमलव १० मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक आज छ अङ्कले ओरालो लागेर तीन सय ९६ दशमलव ६२ मा सीमित भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ११ उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ भने दुई उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ । कुल एक करोड ७१ लाख ७२ हजार एक सय ४९ कित्ता शेयर छ अर्ब २७ करोड ४३ लाख २४ हजार आठ सय ११ रूपैयाँ मूल्यमा खरिद-बिक्री भएका छन् ।

कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको ३० करोड ६८ लाख ६० हजार आठ सय रूपैयाँबराबरको शेयर कारोबार भयो ।

सोनापुर मिनरल्स २५ करोड ४७ लाख ६९ हजार पाँच सय २४, हिमालयन डिस्टिलरी २० करोड छ लाख २० हजार एक सय ६०, हाथवे इन्भेस्टमेन्ट १५ करोड ३६ लाख २० हजार चार सय ९२ र घोराही सिमेन्ट १५ करोड २३ लाख ५० हजार पाँच सय नौ रूपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजु, आशा लघुवित्त, धौलागिरि लघुवित्त, बिपीडब्ल्यू लघुवित्त, चिर्खवा हाइड्रोपावरलगायत कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै सूर्यज्योति लाइफ इन्स्योरेन्स सात दशमलव ४४, उन्नती सहकार्य लघुवित्त सात दशमलव २६, सनराइज फस्ट म्युचुअल फण्ड छ दशमलव ९४, गरिमा विकास लघुवित्त छ दशमलव ९४ र युनियन हाइड्रोपावरका लगानीकर्ताले छ दशमलव ५२ प्रतिशतले गुमाएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *