संघीय निजामती र संघीय प्रहरी ऐन हिउँदे अधिवेशनबाट पारित गर्छौं : उपप्रधानमन्त्री खड्का

नेपाली कांग्रेसका उपसभापति एवं सरकारका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय ऐनहरू हिउँदे अधिवेशनबाट पारित गर्ने प्रतिबद्धता जनाएका छन्।

बिहीबार पार्टीको मधेस प्रदेशको अधिवेशनलाई जनकपुरधाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले संघीयतासँग जोडिएका कानुनहरू बनाउन ढिलो भएको र सरकार त्यसमा चुकेको स्विकारे। उनले वर्तमान सरकार संघीय ऐनहरू तत्काल निर्माण गर्ने तयारीमा रहेको बताए।

उनले संघीय निजामती सेवा ऐन, संघीय प्रहरी ऐन, प्रहरी समायोजनको कार्यान्वयनलगायत अन्य संघीय ऐनहरू आउने हिउँदे अधिवेशनमै प्रस्तुत गरेर पारित गर्ने तयारी रहेको बताए।

उपसभापति खड्काले कांग्रेस सरकारमा गएपछि विभिन्न संघीय ऐनहरू निर्माणमा जोड दिइरहेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर