कांग्रेसको मधेस प्रदेश सम्मेलनको बन्दसत्र सुरु

नेपाली कांग्रेस मधेसको प्रथम सम्मेलनको बन्दसत्र सुरु भएको छ । आज शुक्रबार बिहान ८ बजेबाट जनकपुरस्थित महेन्द्रनारायण निधि कला प्रतिष्ठानमा बन्दसत्र सुरु भएको हो ।

प्रदेशसभापति कृष्णप्रसाद यादवको सभापतिमा सुरु भएको बन्दसत्रमा महामन्त्री वृहस्पतिकृष्ण श्रेष्ठ सांगठनिक र राजनीतिक पेस गरेका छन् ।

प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताका अनुसार आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रदीप यादवले पेस गरेका छन् । बन्दसत्रमा मधेस प्रदेशका ८ जिल्लाबाट ८ सय २५ सहभागी रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर