न्यूनतम ब्याजदर ९.९९ प्रतिशतदेखि ग्लोबल आइएमई बैंकले ल्यायाे विशेष घर कर्जा योजना

ग्लोबल आइएमई बैंक लिमिटेडले एकल अंकमा आधारित न्यूनतम ब्याजदरमा १२ करोड रूपैयाँसम्म कर्जा सीमा भएको विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ ।

बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी विशेष योजना सार्वजनिक गरेको हो । साथै उक्त विशेष घर कर्जा योजनाअन्तर्गत अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेकाहरूले सहज रूपमा कर्जा सार्न सक्नेछन् ।

यस विशेष घर कर्जा योजनाअन्तर्गत सेवाग्राहीले ५ वर्षसम्मको अवधिका लागि ९.९९ देखि १०.९९ प्रतिशत, ५ देखि १० वर्षसम्मका लागि १०.९९ देखि ११.४९ प्रतिशत र १० वर्षभन्दा बढी अवधिका लागि ११.४९ देखि ११.९९ प्रतिशत निश्चित तथा स्थिर ब्याजदरमा १२ करोड रूपैयाँसम्म कर्जा लिन पाउनेछन् ।

बैंकले ग्राहकलाई छिटो, छरितो एवं सहज रूपमा कर्जा प्रवाह गर्ने उद्देश्यमा निहित रहीे आवश्यक कागजातहरू पेस गरेको तीन दिनभित्र बिनाझन्झट कर्जा प्रवाह गर्नेछ ।

ग्राहकहरूले देशैभरका ७७ वटै जिल्लामा फैलिएको बैंकका ३५५ वटा शाखाहरूबाट यो सुविधा उपभोग गर्न सक्नेछन् ।

आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले बर्सेनि यस्तो सरल दरमा सहज किसिमको कर्जा योजना ल्याउने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर